
भक्तपुर । फ्रान्सको राजधामी पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोवर्द्धन नेपाल आइपुगेकी छिन् ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणसंगै उनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ्गसहित अन्य पदाधिकारीले भव्य स्वागत गरिएको छ ।
पलेशालाई अहिले राखेपको नेतृत्वमा नगरपरिक्रमा गराइरहेको छ।
पलेशाले तेक्वान्दो विधाअन्तर्गत महिला ५७ केजी मुनिको प्रतिस्पर्धामा सर्वियाकी खेलाडीलाई पराजित गर्दै नेपाललाई ऐतिहासिक कांस्य पदक जिताएकी थिइन् ।