Swapnil Singh of Royal Challengers Bangalore celebrating the wicket of Prabhsimran Singh of Punjab Kings during match 58 of the Indian Premier League season 17 (IPL 2024) between Punjab Kings and Royal Challengers Bangalore held at the Himachal Pradesh Cricket Association Stadium, Dharamsala on the 9th May 2024. Photo by Saikat Das / Sportzpics for IPL

एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा रोयल च्यालेन्जर्स बेङेगलुरुले पञ्जाब किंग्समाथि जित हािसल गरेको छ ।

विहिवार राति भएको आईपिएल खेलमा रोयल च्यालेन्जर्स बेङेगलुरुले पञ्जाब किंग्समाथि ६० रनको जित हासिल गरेको हो ।

महत्ववूर्ण जितसंगै बेङ्गलुरुले १२ खेलबाट १० अंक जोड्दै लिग तालिकाको सातौं स्थानमा कायम रहेको छ ।

पराजित पञ्जाबको भने समान १२ खेलमा ८ अंक रहेको छ ।

जितसंगै बेङेगलुरुले सुपर चारमा पुग्ने सम्भावना जिवितै राख्दा पञ्जाबको भने समिकरण कमजोर बनेको छ ।

हिमाञ्चल प्रदेश क्रिकेट रंगशालामा भएको खेलमा २४२ रनको विशाल विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको पञ्जाब १७ ओभरमा अलआउट हुन पुग्दा मात्र १८१ रनमा समेतियो ।

पञ्जाबका लागि रिले रुसोले २७ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ६१ रनको अर्धशतकिय पारी खेल्दा शशांक सिंहले १९ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गर्दै ३७ रन जोडेर रनआउट भए ।

त्यस्तै, विकेटकिपर जोनी बाइस्ट्रोले १६ बल खेल्नेक्रममा ४ चौका र १ छक्का प्रहार गर्दै २७ रन जोडेर पेविलियन फर्किदा कप्तान साम करनले १६ बलमा २ चौका प्रहार गर्दै २२ रन जोडेर आउट भए ।

यता, आशुतोष शर्मा ८, प्रभसिमरन सिंह ६, जितेश शर्मा ५, अर्शदिप सिंह ४ रनमा आउट हुँदा हर्षल पटेल र लैम लिभिङस्टोन शुन्य रनमा पेविलियन फर्किए ।

राहुल चाहर भने ५ रनमा अविजित रहे ।

पञ्जाबले अतिरिक्त रुपमा ६ रन जोड्यो ।

पञ्जाबलाई सस्तैमा अलआउट गर्न बेङ्गलुरुका लागि मोहम्मद सिराजले ३ विकेट लिँदा स्वप्निल सिंह, लौकी फर्गुशन र कर्ण शर्माले समान २–२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको बेङ्गलुरुले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै २४१ रन जोड्यो ।

बेङ्गलुरुका लागि विराट कोहोलीले ४७ बलमा ७ चौका ६ छक्का प्रहार गर्दै सर्वाधिक ९२ रनको शतक नजिकको पारी खेल्दा रजत पातिदारले २३ बल खेल्नेक्रममा ३ चौका र ६ छक्का प्रहार गर्दै ५५ रनको अर्धशतकिय पारी खेल्दै पेविलियन फर्किए ।

त्यस्तै, क्यामरन ग्रिनले २७ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४६ रन जोडेर आउट हुँदा विकेटकिपर दिनेश कार्तिकले ७ बल खेल्नेक्रममा १ चौका र २ छक्का प्रहार गर्दै १८ रन जोडेर पेविलियन फर्किए ।

यता, विल ज्याक्सले ७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १२ रन जोडेर आउट हुँदा कप्तान फाफ दु प्लेसिस ९, माहिपाल लोमरोर शुन्य रनमा पेविलियन फर्किए ।

स्वप्निल सिंह भने १ रनमा अविजित रहे ।

बेङ्गलुरुले अतिरिक्त रुपमा ८ रन जोड्यो ।

पञ्जाबका लागि हर्षल पटेलले ३ विकेट लिँदा भिधवाथ काभेराप्पाले २, साम करन र अर्शदिप सिंहले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.