एजेन्सी । अमेरिकी लिग मेजर लिग सकर (एमएलएस) अन्तर्गत खेलमा न्युयोर्क रेडबुल्ससंग इन्टर मियामीले फराकिलो हार बेहोरेको छ ।

सनिवार राति भएको एमएलएसअन्तर्गत खेलमा न्युयोर्क रेडबुल्ससंग कप्तान लियोनल मेसीविना मैदान उत्रिएको इन्टर मियामीले ४–० को फराकिलो हार बेहोरेको हो ।

न्युयोर्कको घरेलु मैदान रेडबुल एरिना रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन लेविस मार्गानले ह्याट्रिक हान्दा विकेलम्यान कारमोनाले एक गोल थपे ।

खेल सुरु भएको तेस्रो मिनेटमा डान्टे भानजैरको पासमा लेविसले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि दोस्रो हाफको ५१ औं मिनेटमा डान्टेकै पासमा लेविसले गोल थप्दा घरेलु टोली २–० ले अघि बड्यो ।

यता, ६६ औं मिनेटमा डान्टेको ह्याट्रिक असिस्टमा विकेलम्यानले गोल थप्दा न्युयोर्क ३–० ले अघि बढ्यो ।

त्यसको चार मिनेटपछि नै डान्टकै पासमा लेविसले ह्याट्रिक पूरा गर्दा न्युयोर्क ४–० ले विजयी भयो ।

फराकिलो जितसंगै न्युयोर्कले ५ खेलबाट १० अंक जोड्दै लिग तालिकाको तेस्रो स्थानमा रहेको छ ।

फराकिलो हार बेहोरेको मियामीको भने ६ खेलमा समान १० अंक नै रहेतापनि गोलअन्तरका आधारमा तालिकाको दोस्रो स्थानमा रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.