भक्तपुर । न्युजिल्याण्डले एकदिवसीय अन्तराष्ट्रिय खेलमा भारतलाई ७ विकेटले पराजित गरेको छ ।

शुक्रवार इडेन पार्कमा भारतले दिएको ३०७ रनको विजयी लक्ष्य न्युजल्याण्डले १७ बल अगावै ३ विकेटको क्षतिमा पुरा गरेको हो ।

न्युजल्याण्डका लागि टम लथमले १०४ बल खेल्दै १९ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक १४५ रन बनाउँदै अविजित रहे । कप्तान केन विलिम्सनले ९८ बलमा ७ चौका र १ छक्का मद्दतमा ९४ रन बनाए ।

त्यस्तै, डिभोन कोनवेले ४२ बलमा ३ चौका मद्दतमा २४ रनको योगदान दिँदा फिन एलिनले २५ बलमा २२ रन जोडे । डर्याल मिचेलले ११ रन बनाए ।

भारतका लागि उम्रान मलिकले २ विकेट लिँदा सार्दुल ठाकुरले १ विकेट लिए ।

त्यसअघि टस जितेको न्युजिल्याण्डले भारतलाई ब्याटिङको लागि निम्ट्याएको थियो । भारतले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३०६ रन बनाएको थियो ।

भारतका लागि श्रेयस लेयरले ७६ बलमा ४ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ८० रनको योगदान गरेका थिए ।

त्यस्तै, शेखर धवनले ७७ बल खेल्दै १३ चौका प्रहार गर्दै ७२ रन जोड्दा सुभम् गिलले ६५ बलमा १ चौका र ३ छक्का मद्दतमा ५० रनको अर्धशतक बनाएका थिए । वासिन्टन सुन्दर ३७ रनमा नटआउट रहँदा सन्जु स्यामसनले ३६ रन बनाए ।

त्यस्तै, रिसब पन्त १५ रन बनाइ पेविलियन फर्कदा सुर्यकुमार यादबले ४ रन बनाइ आउट बने ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.