
एजेन्सी । न्युजिल्याण्डलाई हराउँदै वेस्ट इन्डिज ९ औं संस्करणको आईसीसी टि–२० विश्वकपको सुपर ८ मा प्रवेश गरेको छ ।
विहिवार विहान भएको खेलमा बलियो न्युजिल्याण्डलाई १३ रनले हराउँदै सह–आयोजक टोली वेस्ट इन्डिज विश्वकपको सुपर ८ मा प्रवेश गरेको हो ।
वेस्ट इन्डिजले ३ खेलबाट ६ अंक जोड्दै समूह ‘सी’ को शीर्ष स्थानमा कायम रहेको छ ।
पराजित न्युजिल्याण्डले भने २ खेल खेलिसक्दा दुबैमा हार बेहोरेको छ ।
वेस्ट इन्डिजको ब्राएन लारा क्रिकेट एकेडेमी रंगशालामा भएको खेलमा १५० रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको न्युजिल्याण्ड निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै मात्र १३६ रनमा समेतियो ।
न्युजिल्याण्डका लागि ग्लिन फिलिप्सले ३३ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४० रन जोडेर आउट हुँदा ओपनर ब्याट्सम्यान फिन एलनले २३ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गर्दै २६ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, मिट्चेल सानटेनरले १२ बलमा ३ छक्का प्रहार गर्दै २१ रन जोडेर अविजित रहँदा डर्याल मिट्चेलले १३ बल खेल्दै १ चौका मद्दतमा १२ रन जोडेर पेविलियन फर्किए ।
यता, जेम्स निशामले ११ बलमा १ छक्का प्रहार गर्दै १० रन जोडेर आउट हुँदा रचिन रबिन्द्रले १३ बल खेल्नेक्रममा १० रन जोडेर पेविलियन फर्किए ।
ट्रेन्ट बोल्ट ७, विकेटकिपर डिभोन कोनवे ५ र कप्तान केन विलियमसन १ रनमा पेविलियन फर्किदा टिम सौथी र लौकी फर्गुसनले अंकको खाता नै खोल्न सकेनन् ।
न्युजिल्याण्डले अतिरिक्त रुपमा ४ रन जोड्यो ।
न्युजिल्याण्डमाथि जित हासिल गर्न वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले ४ ओभर बलिङ गर्दै १९ रन दिएर ४ विकेट लिँदा गुडाकेश मोटीले ४ ओभर बलिङ गर्दै २५ रन खर्चिएर ३ विकेट लिए ।
त्यस्तै, एन्ड्रे रस्सेल र अकिल हुसेनले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउादै १४९ रन जोड्यो ।
वेस्ट इन्डिजका लागि शेरफाइन रुथरफोर्डले ३९ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ६८ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा विकेटकिपर निकोलास पुरनले १२ बल खेल्दै ३ चौका प्रहार गर्दै १७ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, अकिल हुसेनले १७ बलमा १ छक्का प्रहार गर्दै १५ रन जोडेर आउट हुँदा एन्ड्रे रस्सेलले ७ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरेर १४ रन जोड्दै पेविलियन फर्किए ।
यता, रोमारियो शेफर्डले १३ बलमा १ छक्का प्रहार गर्दै १३ रन जोडेर आउट हुँदा ओपनर ब्याट्सम्यान ब्रान्डन किंग ९, अल्जारी जोसेफ ६ र कप्तान रोभमान पावेल १ रनमा पेविलियन फर्किए ।
अर्का ओपनर जोनसन चार्लिस, रोस्टन चेस र गुडाकेश मोटीले अंकको खाता नै खोल्न सकेनन् ।
वेस्ट इन्डिजले अतिरिक्त रुपमा ६ रन जोड्यो ।
न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्टले ४ ओभर बलिङ गर्नेक्रममा १ मेडन राख्दै १६ रन दिएर ३ विकेट लिँदा टिम सौथीले ४ आभर बलिङ गर्दै २१ रन दिएर २ विकेट लिए ।
त्यस्तै, लौकी फर्गुसनले ४ ओभर बलिङ गर्दै २७ रन खर्चिएर २ विकेट लिँदा जेम्स निशाम र मिट्चेल सान्टेनरले समान १–१ विकेट लिए ।