एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी यु–१९ क्रिकेट विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा पाकिस्तानले न्युजिल्याण्डमाथि सहज जित निकालेको छ ।

सनिवार भएको समूह ‘डी’ को अन्तिम खेलमा पाकिस्तानले न्युजिल्याण्डमाथि १० विकेटको सहज जित निकालेको हो ।

महत्वपूर्ण जितसंगै पाकिस्तानले समूह चरणमा शतप्रतिशत जित निकाल्दै ६ अंक जोड्दै समूह विजेता बन्यो ।

यता, न्युजिल्याण्डले भने ३ खेल खेल्दा २ मा जित र १ मा हारको नतिजा आत्मसाथ गर्दै ४ अंकका साथ समूहमा उपविजेता बन्यो ।

यो समूहबाट पाकिस्तानसंगै न्युजिल्याण्ड र नेपालले सुपर ६ यात्रा सुनिश्चित गर्यो ।

इस्ट लन्डनस्थित बफालो पार्क क्रिकेट रंगशालामा १४१ रनको सामान्य विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले २५.२ ओभरमा विना कुनै विकेट गुमाई १४४ रन जोड्यो ।

पाकिस्तानको एकपक्षिय जितमा शाहजैब खानले ८६ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै ८० रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा श्यामल हुसेनले ६६ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गर्दै ५४ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहे ।

पाकिस्तानले अतिरिक्त रुपमा १० रन जोड्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले ३८ ओभरमा अलआउट हुँदै १४० रन जोड्यो ।

न्युजिल्याण्डका लागि लाकलान स्टेकपोलले ३७ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ४२ रन जोड्दा ओलिभर टेवाटियाले ५५ बल खेल्दै ४ चौका प्रहार गरेर २९ रन जोड्दै पेविलियन फर्किए ।

त्यस्तै, ओपनर ब्याट्सम्यान थोमस जोन्सले २६ बल खेल्नेक्रममा ३ चौका प्रहार गर्दै १४ रन जोड्दै आृट हुँदा कप्तान ओस्कार थोमस ज्याक्सनले २६ बलको सामना गर्दै २ चौका प्रहार गरेर १२ रन जोड्दै पेविलियन फर्किए ।

म्याथ्यु बुचानान रोय ९ रनमा अविजित रहँदा स्नेहिथ रेड्डी डिभिरेड्डी ७, मासन क्लार्क ६, रायन सौर्गास र ज्याक एलान जेम्स कमिङ समान ३–३ रनमा पेविलियन फर्किए ।

यता, न्युजिल्याण्डका दुई खेलाडी रनको खाता नै नखोली पेविलियन फर्किए ।

न्युजिल्याण्डले अतिरिक्त रुपमा १५ रन जोड्यो ।

न्युजिल्याण्डलाई सस्तैमा अलआउट गर्न पाकिस्तानका लागि उबैद शाहले ९ ओभर बलिङ गर्दै १ मेडन राखेर ३० रन खर्चिदै ३ विकेट लिँदा अराफत मिनहासले ५ ओभर बलिङ गर्नेक्रममा २ मेडन राख्दै मात्र ६ रन दिएर ३ विकेट लिए ।

त्यस्तै, नाभेद अहमेद खानले २ विकेट लिँदा अली अस्फन्ड र मोहम्मद जिशानले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.