एजेन्सी । भारत र न्युजिल्याण्डबीचको टि–२० आई सिरिजको दोस्रो खेलमा भारतले न्युजिल्याण्डमाथि जित हात पारेको छ ।
आइतवार राति भएको खेलमा भारतले न्युजिल्याण्डमाथि ६ विकेटको जित हात पार्दै सिरिजलाई १–१ को बराबरीमा ल्याएको हो ।
त्यसअघि न्युजिल्याण्डले ३ खेलको सिरिजअन्तर्गत पहिलो खेल जितेको थियो ।
एकाना स्पोर्ट्स रंगशालामा भएको खेलमा १०० रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले १९.५ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
भारतका लागि सुर्यकुमार यादवले अविजित रहँदै सर्वाधिक २१ रन बनाए । त्यस्तै, विकेटकिपर इसान किसनले १९, राहुल त्रिपाठीले १३, सुभम गिलले ११ वासिन्टन सुन्दरले १० रन बनाए । कप्तान हार्दिक पाण्डेयाले अविजित१५ रन जोडे ।
भम्रणकारी टोलीका लागि मिट्चेल ब्रेसवेल र इस सोधिले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको भ्रमणकारी टोलीले निर्धारित २० ओभरको खेलमा ८ विकेटको क्षतिमा ९९ रन बनायो ।
न्युजिल्याण्डका लागि कप्तान मिट्चेल सान्टनेरले सर्वाधिक १९ रन जोड्दा मिट्चेल ब्रासवेल र मार्क चापमानले समान १४ रन जोडे ।
फिन एलिन र विकेटकिपर देभोन कोनवे समान ११ रनमा पेविलियन फर्किए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
भारतका लागि अर्शदिप सिंहले २ विकेट लिँदा कप्तान हार्दिक पाण्डेया, वासिन्टन सुन्दर, यजुबेन्द्र चहाल, दिपक होदा र कुलदिप यादवले समान १–१ विकेट लिए ।
सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेल फेब्रअरी १ तारिखमा भारतस्थित अहम्दाबादमा खेलिनेछ ।