एजेन्सी । न्युजिल्याण्डविरुद्वको दोस्रो एकदिवसीय खेलमा भारतले जित हात पारेको छ ।

सनिवार भारतमा भएको ३ एकदिवसीय खेलअन्तर्गत दोस्रो मास्टर कार्ड खेलमा भारतले न्युजिल्याण्डमाथि ८ विकेटको जित हात पारेको हो ।

प्राप्त जितसंगै भारतले एक खेल अगावै न्युजिल्याण्डविरुद्वको एकदिवसीय सिरिज जितेको छ ।

१०९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले २०.१ ओभर खेल्दै २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

भारतका लागि कप्तान रोहित शर्माले ५० बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५१ रनको अर्धशतकिय पारी खेले ।

त्यस्तै, सुभम गिलले ५३ बलमा ६ चौका प्रहार गर्दै ४० रनमा अविजित रहे । यता, विराट कोहोली ९ रनमा आउट हुँदा इसान किसन ८ रनमा अविजित रहे ।

न्युजिल्याण्डका लागि हेनरी शिप्ले र मिट्चेल सान्टनेरले १–१ विकेट लिए ।

त्यसअघि शहिद विर नारायण सिंह अन्तराष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङमा उत्रिएको भ्रमणकारी टोलीले ३४.३ ओभरमा अलआउट हुँदै १०८ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले ५२ बलमा ५ चौकाको सहयोगमा सर्वाधिक ३६ रनको योगदान दिए ।

त्यस्तै, मिटेचेल ब्रेसवेलले ३० बलमा ४ चौका मद्दतमा २२ रन बनाउँदा मिट्चेल सान्टनेरले ३९ बलमा ३ चौका प्रहार गर्दै २७ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका लागि मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, हार्दिक पाण्डेया र वासिङ्टन सुन्दरले २–२ विकेट हात पार्दा मोहम्मद सिराज, शार्दुल ठाकुर र कुलदिप यादवले १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.