एजेन्सी । भारतले न्युजिल्याण्डमाथि पहिलो मास्टर कार्ड एकदिवसीय खेल जितेको छ ।
बुधवार भारतमा भएको ३ एकदिवसीय खेलको पहिलो मास्टर कार्ड खेलमा भारतले न्युजिल्याण्डमाथि १२ रनको रोमाञ्चक जित हात पारेको हो ।
भारतले दिएको ३५० रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्याण्ड ४९.२ ओभरमा अलआउट हुँदा ३३७ रनमा समेतियो ।
न्युजिल्याण्डका लागि माइकल ब्रेसवेलले ७८ बल खेल्दै १२ चौका र १० छक्का मद्दतमा १४० रनको शतिकिय पारी खेले ।
त्यस्तै, मिट्चेल सान्टनेरले ४५ बल खेल्दै ७ चौका र १ छक्का मद्दतमा ५७ रनको अर्धशतकिय इनिङ्स खेले । फिन एलेनले ३९ बलमा ७ चौका र १ छक्का हान्दै ४० रन बनाए ।
यता, विकेट किपरसमेत रहेका कप्तान टम लाथमले २४ रन बनाउँदै आउट भए । हेनरी निकोलोसले ३१ बल खेल्दै ३ चौकाको सहयोगमा १८ रन जोड्दै पेविलियन फर्कदा ग्लेन फिलिप्सले ११ तथा डेभोन कोनवेले १० रन बनाए ।
अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । डर्याल मिट्चेल ९ तथा लोकी फर्गुसन ८ रनमा आउट भए ।
घरेलु टोलीका लागि मोहम्मद सिराजले १० ओभर बलिङ गर्दै २ मेडन राख्दै ४६ रन खर्चिदै सर्वाधिक ४ विकेट लिए ।
त्यस्तै, कुलदिप यादवले ८ ओभरमा १ मेडन राख्दै ४३ दिँदै २ विकेट लिए । त्यस्तै, शार्दुल ठाकुरले ७.२ ओभरमा ५४ रन खर्चिदै २ विकेट लिए । मोहम्मद शामी र हार्दिक पाण्डेयाले पनि १–१ विकेट हात पारे ।
यसअघि राजिव गान्धी अन्तराष्ट्रिय रंगशालामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको भारतले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै ३४९ रन बनाएको थियो ।
भारतका लागि सुभम गिलले दोहोरो शतक बनाएका थिए । गिलले १४९ बलमा १९ चौका र ९ छक्का मद्दतमा २०८ रन बनाएको थियो ।
त्यस्तै, कप्तान रोहित शर्माले ३८ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गर्दै ३४ रनको योगदान दिए । सुर्यकुमार यादवले २६ बलमा ४ चौका प्रहार गर्दै ३१ रन बनाउँदा हार्दिक पाण्डेयाले ३८ बलमा ३ चौका मद्दतमा २८ रन जोडे ।
त्यस्तै, भारतका लागि वासिन्टन सुन्दरले १२, विराट कोहोलीले ८, विकेट किपरसमेत रहेका इशान किशनले र कुलदिप यादव अविजित रहँदै ५, शर्दुल ठाकुरले ३ तथा मोहम्मद शामीले अविजित २ रन जोडेका थिए ।
भ्रमणकारी टोलीका लागि डर्याल मिट्चेलले ५ ओभर बलिङ गर्दा ३० रन खर्चिदै २ विकेट लिए । त्यस्तै, हेनरी शिप्लेले ९ ओभरमा ७४ रन दिँदै २ विकेट लिए ।
यता, लोकी फर्गुसन, ब्लाइर टिकनेर र मिट्चेल सन्टनेरले समान १–१ विकेट लिए । यी दुई टेस्ट राष्ट्रको एकदिवसीय अन्तर्गत दोस्रो खेल सनिवार हुनेछ ।