एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी महिला टि–२० विश्वकपमा न्युजिल्याण्डले बंगलादेशमाथि ७१ रनको जित हात पारेको छ ।

शुक्रवार राति भएको खेलमा १९० रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश २० ओभर खेल्दा ८ विकेटको क्षतिमा ११८ रनमै समेतिएसंगै न्युजिल्याण्डले जितेको हो ।

न्युल्याण्ड क्रिकेट मैदानमा भएको खेलमा बंगलादेशका लागि शोर्ना अक्टरले २२ बलमा ४ चौका प्रहार गर्दै ३१ रन बनाउँदा मुर्शिदा खातुनले ३८ बलमा ३ चौका मद्दतमा ३० रन जोडिन् ।

त्यस्तै, विकेटकिपर शामिमा सुल्तानले ११ बलको सामना गर्दा १ चौका र १ छक्का प्रहार गर्दै १४ रन बनाउँदै आउट भईन् ।

अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान निगार सुल्ताना ८ रनमा पेविलियन फर्किदा सोभाना मोस्ट्रे ४ रनमा आउट भईन् ।

त्यस्तै, रितु मोनी ५ रन, नाहिदा अक्टर र रुमाना अहम्मद समान २ रनमा आउृट भईन् । सल्मा खातुन १ रनमा अविजित रहिन् । बंगलादेशले १७ रन अतिरिक्त रुपमा जोड्यो ।

न्युजिल्याण्डका लागि इडेन कार्सनले ३ विकेट लिँदा हनाह रोउले २ विकेट लिईन् । त्यस्तै, ल्या तहुहु र अमेलिया केरले १–१ विकेट हात पारिन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको न्युजिल्याण्ड निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८९ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि सुजी बेट्सले अविजित रहँदै ६१ बलमा ७ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ८१ रन बनाईन् ।

त्यस्तै, विकेटकिपर बेर्नादिन बेजुइडेनआउटले २६ बल खेल्दै ४ चौका मद्दतमा ४४ रन जोडिन् । म्यादि ग्रीनले २० बलको सामना गर्दा ७ चौका प्रहार गर्दै ४४ रनमा अविजित रहँदा एमेलिया केरले १३ बलमा १ चौका प्रहार गर्दै १६ रन बनाउँदै आउट भईन् ।

कप्तान सोफिया डेभिन भने शुन्य रनमा पेविलियन फर्किईन् । न्युजिल्याण्डले अतिरिक्त रुपमा ४ रन प्राप्त गर्यो ।

बंगलादेशका लागि फाहिमा खातुनले २ विकेट लिँदा १ विकेट शोर्ना अक्टरले हात पारिन् ।

प्रतियोगितामा पहिलो जित निकालेको न्युजिल्याण्डले ३ खेलमा २ अंक जोडेको छ । यता, बंगशालदेश भने ३ वटै खेलमा पराजित भयो । समूह ‘ए’ मा न्युजिल्याण्ड तालिकाको चौथौं स्थानमा रहँदा बंगलादेश पाँचौं स्थानमा छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.