भक्तपुर । दक्षिण अफ्रिकामा जारी आईसीसी यु–१९ विश्वकपअन्तर्गत खेलमा न्युजिल्याण्डले नेपालसमक्ष जितका लागि ३०३ रनको विशाल विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

इस्ट लण्डनस्थित बफालो पार्क मैदानमामा जारी खेलमा न्युजिल्याल्डले नेपालसमक्ष जितका लागि ३०३ रनको विशाल विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस जित्दै पहिला ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै ३०२ रन जोड्यो ।

न्युजिल्याण्डका लागि स्नेहिथ रेड्डी डेभिरेड्डीले १२५ बल खेल्दै ११ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक १४७ रन जोडेर अविजित रहे ।

त्यस्तै, कप्तान ओस्कार थोमस ज्याक्सनले ८१ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ७५ रनको अर्धशतकिय पारी खेल्दा ओपनर ब्याट्सम्यान टम जोन्सले ४५ बल खेल्नेक्रममा ५ चौका प्रहार गर्दै ३३ रन जोडेर आउट भए ।

अर्का ओपनर लुक वाटसनले २५ बलमा २ चौका प्रहार गर्दै १४ रन जोडेर आउट हुँदा विकेटकिपर एलेक्जान्डर जाभियर थोम्पसनले १४ बलमा १ छक्का प्रहार गर्दै १३ रन जोडेर पेविलियन फर्किए ।

यता, म्याथ्यु बुचनान रोय २ र ज्याक अलान जेम्स कमिङ र ओलिभर टेवाटिया शुन्य रन जोड्दै पविलियन फर्किए ।

इवाल्ड वाउटर स्रिउडेर १ रनमा अविजित रहे ।

न्युजिल्याण्डले अतिरिक्त रुपमा १७ रन जोड्यो ।

नेपालका लागि सुवास भण्डारीले १० ओभर बलिङ गर्दै ६० रन दिएर ३ विकेट लिँदा गुलशन झाले १० ओभर बलिङ गर्दै ६१ रन खर्चिएर २ विकेट लिए ।

त्यस्तै, दिपेश प्रसाद कँडेल, तिलकराज भण्डारी र आकाश त्रिपाठीले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.