एजोसी । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगअन्तर्गत खेलमा न्युक्यासल युनाइटेडमाथि प्रतिस्पर्धात्मक जित हासिल गरेको छ ।

सनिवार राति भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडमाथि ३–२ को प्रतिस्पर्धात्मक जित हासिल गरेको हो ।

न्युक्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्क रंगशालामा भएको खेलमा भ्रमणकारी सिटीका लागि बर्नाडो सिल्भा, केभिन डि ब्रुएना र ओस्कार बबले गोल गरे ।

यता, घरलु टोली न्युक्यासलका लागि एलेक्जान्डर इसाक र एन्टोनी गोर्डनले गोल फर्काए ।

रोमाञ्चक खेलको २६ औं मिनेटमा केल वाल्करको पासमा सिल्भाले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए ।

तर, ३५ औं मिनेटमा ब्रुनो गुइमारेसको पासमा इसाकले गोल फर्काउँदा घरेलु टोली १–१ को बराबरीमा आयो ।

त्यसको दुई मिनेटपछि नै ड्यानियल बुर्नको पासमा गोर्डनले गोल गर्दा न्युक्यासल २–१ ले अघि बढ्यो ।

त्यसपछि थप रोमाञ्चक बनेको खेलमा सिल्भाको स्थानमा परिवर्तित खेलाडीका रुपमा मैदान छिरेका डि ब्रुएनाले रोड्रीको पासमा गोल फर्काउँदै सिटीलाई खेलमा २–२ को बराबरीमा ल्याए ।

यता, खेलको अन्तिम समयतिर निर्धारित ९० मिनेटपछि थपिएको इन्जुरी समयको पहिलो मिनेटमा डि ब्रुएनाकै पासमा बबले गोल गर्दै सिटीलाई ३–२ ले जिताए ।

प्रतिस्पर्धात्मक जितसंगै सिटीले २० खेलमा ४३ अंक जोड्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

पराजित न्युक्यासल भने समान २१ खेलमा २९ अंकसहित तालिकाको १० औं स्थानमा झरेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.