उपाधि रक्षा अभियानमा रहेको साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा जारी सिजन लयमा रहेको न्युक्यासल युनाइटेडमाथि जित हात पारेको छ ।
सनिवार भएको खेलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई २–० ले पराजित गरेको हो ।
इतिहाद रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि फिल फोडेन र बर्नाडो सिल्भाले गोल गरे ।
खेलको १५ औं मिनेटमा रोड्रीको असिस्टमा फोडेनले न्युक्यासलका तीन डिफेन्डरलाई छक्याउँदै गोल गर्दा सिटी खेलमा १–० ले अघि बढ्यो ।
दोसो हाफमा केभिन डिब्रुएनाको स्थानमा मैदान प्रवेश गरेका सिल्भाले ६७ औं मिनेटमा गोल थप्दै घरेलु टोलीलाई २–० ले अघि बढाए । सिल्भाको गोलमा इर्लिङ हालान्डले असिस्ट उपलब्ध गरेका थिए ।
जितसंगै २६ खेलमा ५८ अंक जोडेको सिटीले लिग लिडर आर्सनललाई पछ्याइरहेको छ । एक खेल कम खेलेको आर्सनलको सिटीको भन्दा २ अंक बढी छ ।
यता, सिटीसंग पराजय बेहोरेको न्युक्यासलको २४ खेलमा ४५ अंक छ । न्युक्यासल तालिकाको पाँचौ स्थानमा रहेको छ ।