एजेन्सी । स्पेनले युईएफए नेसन्स लिगमा स्विजरल्याण्डमाथि फराकिलो जित निकालेको छ ।
आईतवार राति भएको खेलमा १० खेलाडीमा समेतिएको स्पेनले स्विजरल्याण्डमाथि ४–१ को फराकिलो जित निकालेको हो ।
स्विजरल्याण्डको घरेलु मैदान स्टाड डि जेनेभा रंगशालामा भएको खेलमा भ्रमणकारी टोली स्पेनलाई जिताउन फावियान रुइजले दुई गोल गर्दा जोसेलु र फेरान टोरेसले एक–एक गोल गरे ।
पराजित घरेलु टोलीका लागि भने जेकी अमडौनीले सान्तोना गोल फर्काए ।
खेल सुरु भएको चौथौं मिनेटमा लामिन यामलको पासमा जोसेलुले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि १३ औं मिनेटमा रुइजले गोल गर्दा स्पेन २–० ले अघि बढ्यो ।
यता, २० औं मिनेटमा रोविन ले नोर्मान्डले रातो कार्ड खाँदा स्पेन १० खेलाडीमा समेतयो ।
खेलको ४१ औं मिनेटमा ब्रिल इम्बोलोको पासमा अमडौनीले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल २–१ को अवस्थामा आयो ।
यता, दोस्रो हाफको ७७ औं मिनेटमा टोरेसको पासमा रुइजले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा स्पेन ३–१ ले अघि बढ्यो ।
त्यसको तीन मिनेटपछि नै जोसेलुकै पासमा टोरेसले गोल गर्दा स्पेन ४–१ ले विजयी भयो ।
जितसंगै स्पेनले नेसन्स लिगको समूह चरणमा दुई खेल खेलिसक्दा एकमा जित र एकमा बराबरीको नतिजासहित चार अंक जोडेर समूह ‘ए४’ को तालिकामा दोस्रो स्थानमा उक्लेको छ ।
पराजित स्विजरल्याण्ड भने विना अंकसहित तालिकाको पुच्छारमा रहेको छ ।