एजेन्सी । स्पेनले युईएफए नेसन्स लिगअन्तर्गत खेलमा सर्बियामाथि सहज जित निकालेको छ ।
मंगलवार राति भएको खेलमा स्पेनले सर्बियामाथि ३–० को सहज जित निकालेको हो ।
स्पेनको घरेलु मैदान न्वेभो आक्यानगल रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन एमेरिक लापोर्टे, अल्भारो मोराटा र एलेक्जान्ड्रो बाएनाले गोल गरे ।
खेल सुरु भएको पाँचौं मिनेटमा पेड्रो पोरोको पासमा लापोर्टेले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलायो ।
त्यसपछि दोस्रो हाफको ६५ औं मिनेटमा फाबियान रुइजको पासमा मोराटाले गोल गर्दै स्पेनलाई २–० ले अघि बढाए ।
त्यसअघि ५४ औं मिनेटमा प्राप्त पेनाल्टीमा भने मोराटा चुकेका थिए ।
यता, ७६ औं मिनेटमा स्ट्राहिन्जा पाभ्लोभिकले रातो कार्ड पाउँदा सर्बिया १० खेलाडीमा समेतियो ।
त्यसको एक मिनेटपछि नै बाएनाले गोल थप्दा स्पेन ३–० ले विजयी भयो ।
सहज जितसंगै स्पेनले ४ खेलबाट ३ मा जित र १ बराबरीको नतिजासहित १० अंक जोडेर समूह ‘ए४’ को शीर्ष स्थानमा कायम रहेको छ ।
पराजित सर्बियाले भने समान ४ खेल खेल्दा १ मा जित, २ मा हार र १ मा बराबरीको नतिजा निकाल्दै ४ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ ।
यता, सोहि समूहको अर्को खेलमा स्विजरल्याण्ड डेनमार्कले २–२ को बराबरी खेलेका छन् ।
बराबरीसंगै डेनमार्कले ४ खेलबाट ७ अंक जोडेर समूह तालिकाको दोस्रो स्थानमा रहँदा स्विजरल्याण्डले ४ खेलबाट मात्र १ अंक जोड्दै समूहको पुच्छारमा रहेको छ ।