एजेन्सी । युईएफए नेसन्स लिगमा पोर्चुगलले स्कटल्याण्डलाई पराजित गरेको छ ।

आईतवार राति भएको खेलमा पोर्चुगलले स्टकल्याण्डलाई २–१ ले पराजित गरेको हो ।

पोर्चुगलको घरेलु मैदान इस्टाडियो डो स्पोर्ट लिस्बोआ इ बेन्फिका रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन कप्तान क्रिस्चियानो रोनाल्डो र ब्रुनो फर्नान्डेजले गोल गरे ।

पराजित स्कटल्याण्डका लागि भने स्कट म्याकटोमनीले गोल गरे ।

खेल सुरु भएको सातौं मिनेटमा केनी म्याकलेनको पासमा म्याकटोमनीले गोल गर्दै स्कटल्याण्डलाई सुरुवाती अग्रता दिलाए ।

तर, दोस्रो हाफको ५४ औं मिनेटमा घरेलु टोलीका लागि राफायल लियोको पासमा फर्नान्डेजले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

त्यसपछि खेलको अन्त्यतिर ८८ औं मिनेटमा नुनो मेन्डिसको पासमा रोनाल्डोले गोल गर्दा पोर्चुगल २–१ ले विजयी भयो ।

रोनाल्डोको उक्त गोल अन्तर्राष्ट्रिय फुटबलमा ९०१ औं समेत रह्यो ।

जितसंगै पोर्चुगलले नेसन्स लिगको समूह चरणमा दुई खेल खेलिसक्दा शतप्रतिशत जितका साथ ६ अंक जोडेर समूह ‘ए१’ को शीर्ष स्थानमा उक्लेको छ ।

पराजित स्कटल्याण्डको भने समान दुई खेलमा दुबैमा पराजय बहोर्दा शुन्य अंकसहित समूह तालिकाको पुच्छारमा रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.