
एजेन्सी । युईएफए नेसन्स लिगअन्तर्गत खेलमा जर्मनी र नेडरल्याण्ड्सले बराबरी खेलेका छन् ।
मंगलवार राति भएको खेलमा जर्मनी र नेडरल्याण्ड्सले २–२ गोलको बराबरी खेलेका हुन् ।
डच टोलीको घरेलु मैदान जोहान क्रुइज्फ एरिना रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि टिजानी रैजन्डर्स र ड्यानजेल डुमफ्रिजले गोल गरे ।
त्यस्तै, भ्रमणकारी टोलीका लागि भने डेनिज उन्डभ र जोसुआ किमिचले गोल गरे ।
खेल सुरु भएको दोस्रो मिनेटमा रायन ग्राभेनबेर्चको पासमा रैजन्डर्सले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
तर, ३८ औं मिनेटमा उन्डभले भ्रमणकारी टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
यता, पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा डेनिज उन्डभको पासमा किमिचले गोल थप्दा जर्मनी २–१ ले अघि बढयो ।
त्यस्तै, दोस्रो हाफको ५० औं मिनेटमा ब्रियन ब्रोबीको पासमा डुमफ्रिजले गोल डच टोलीका लागि गोल फर्काउँदा खेल २–२ को बराबरीमा आयो ।
त्यसपछि खेलमा थप गोल भएन र खेल २–२ को बराबरीमा टुंगियो ।
बराबरीसंगै दुबै टोलीले एक–एक अंक बाँडेका छन् ।
जर्मनीको दुई खेलबाट एकमा जित र एक बराबरीसहित चार अंक भएको छ ।
जर्मनी समूह ‘ए३’ को तालिकाको शीर्ष स्थानमा रहेको छ र
नेडरल्याण्ड्सको पनि समान दुई खेलमा चार नै अंकसहित गोलअन्तरका आधारमा तालिकाको दोस्रो स्थानमा रहेको छ ।