
एजेन्सी । फ्रान्स युईएफए नेसन्स लिगमा क्रोएसियासंग स्तब्ध बनेको छ ।
विहिवार राति भएको क्वाटरफाइनलअन्तर्गत पहिलो लेग खेलमा बलियो फ्रान्स क्रोएसियासंग २–० ले स्तब्ध बनेको हो ।
क्रोएसियाको घरेलु मैदान स्टाडियन पोलजुद रंगशालामा भएको खेलमा फ्रान्सलाई हराउन एन्टी बुडिमिर र इभान पेरिसिकले गोल गरे ।
दुबै गोल पहिलो हाफमा सम्भव भयो ।
खेल सुरु भएको आठौं मिनेटमा एन्ड्रेज क्रामारिक पेनाल्टीमा चक्दा घरेलु टोली अघि बड्न सकेन ।
तर, २६ औं मिनेटमा पेरिसिकको पासमा बुडिमिरले गोल गर्दा क्रोएसिया १–० ले अघि बढ्यो ।
यता, पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा पेरिसिकले गोल गर्दा क्रोएसिया २–० ले अघि बढ्यो ।
भ्रमणकारी टोली फ्रान्स त्यसपछि खेलमा फर्किन नै सकेन ।
अब दोस्रो लेग खेल अर्को साता फ्रान्सको घरेलु मैदानमा हुनेछ ।