एजेन्सी । इटालीले युईएफए नेसन्स लिगअन्तर्गत खेलमा इजराइलमाथि जित निकालेको छ ।
सोमवार राति भएको खेलमा बलियो इटालीले इजराइलमाथि २–१ को जित निकालेको हो ।
इजराइलको घरेलु मैदान बोजसिक एरिना रंगशालामा भएको खेलमा इटालीलाई जिताउन डेभिड फ्राट्टेसी र मोइसे केनले गोल गरे ।
पराजित घरेलु टोलीका लागि भने मोहम्मद अबु फानीले एक गोल फर्काए ।
पहिलो हाफको ३८ औं मिनेटमा फेडरिको डिमार्कोको पासमा फ्रेट्टेसीले गोल गर्दै भ्रमणकारी टोलीलाई १–० ले अघि बढाए ।
यता, दोस्रो हाफको ६२ औं मिनेटमा केनले गोल थप्दा इटाली २–० ले अघि बढ्यो ।
तर, खेलको अन्त्यतिर ९० औं मिनेटमा घरेलु टोलीका लागि राज श्लोमोको पासमा अबु फानीले गोल फर्काउँदा २–१ ले सकियो ।
जितसंगै इटालीले समूह ‘ए२’ मा २ खेलबाट शतप्रतिशत जितसहित ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
पराजित इजरेलले भने समूह तालिकामा अंकको खाता खोल्न सकेको छैन ।