एजेन्सी । युईएफए नेसन्स लिगमा इंग्ल्याण्डले विजयी सुरुवात गरेको छ ।

सनिवार राति भएको खेलमा इंग्ल्याण्डले आयरल्याण्डमाथि २–० ले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

आयरल्याण्डको घरेलु मैदान अभिभा स्टेडियममा भएको खेलमा इंग्ल्याण्डलाई जिताउन आयरल्याण्डका पुर्व खेलाडीद्वय डिक्लेन राइस र ज्याक गिर्लिसले गोल गरे ।

राइसले इंग्लिस टोलीबाट खेल्नुपुर्व आइरिस टोलीका लागि उमेर समूहतर्फ यु–१७, यु–१९ र यु–२१ मा खेल्नुका साथै सिनियर टोलीका लागि तीन खेल खेलेका थिए ।

त्यस्तै, गिर्लिसले पनि इंग्ल्याण्डका लागि खेल्नुपुर्व आयरल्याण्डबाट यु–१७, यु–१८ र यु–२१ बाट खेलेका थिए ।

यता, नेसन्स लिगको पहिलो खेलमा दुबै गोल पहिलो हाफमा सम्भव भयो ।

खेल सुरु भएको ११ औं मिनेटमा राइसले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाए ।

त्यस्तै, २६ औं मिनेटमा राइसकै पासमा गिर्लिसले गोल गर्दै इंग्ल्याण्डलाई २–० ले अघि बढाए ।

त्यसपछि खेलमा थप गोल निस्किएन र इंग्लिस टोली २–० ले विजयी भयो ।

सहज जितसंगै समूह ‘बी२’ मा इंग्ल्याण्डले महत्वपूर्ण ३ अंक जोडेको छ ।

गयराति नै भएको सोहि समूहको अर्को खेलमा ग्रीसले फिनल्याण्डमाथि ३–० को स्पष्ट जित निकालेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.