
एजेन्सी । यूईएफए नेसन्स लिगको सेमिफाइनल ड्र सार्वजनिक भएको छ ।
बुधवार स्वीजरल्याण्डको नियोनमा एक कार्यक्रमबीच नेसन्स लिगको सेमिफाइनल ड्र गरिएको हो ।
ड्र अनुसार नेडल्याण्ड्स र क्रोएशिया प्रतिस्पर्धा गर्ने तय हुँदा स्पेनले इटालीको समाना गर्ने भएको छ ।
सेमिफाइनल खेल जुन १४ र १५ तारिखमा हुनेछ भने तेस्रो प्लेअफ र फाइनल खेल जुन १८ तारिखमा हुनेछ ।
नेसन्स लिगका अन्तिम चारमा रहेका राष्ट्रहरुले आ–आफ्नो समूह शीर्ष स्थान हासिल गरेका थिए ।