भक्तपुर । नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

आईतवार दिउँसो भएको सेमिफाइनल खेलमा भुटानलाई ट्राइब्रकेरमा ४–१ ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा नेपाललाई उपाधि नजिक पु¥याउन गोलकिपरसमेत रहेका कप्तान जियारथ शेखले महत्वपूर्ण भूमिका निर्वाह गरे ।

जियारथले भुटानका जिग्मे नाम्गेल र उगेन डोर्जीको पेनाल्टी प्रहार उत्कृष्ट डाइभ गर्दै बचाउनुका साथै नेपालका लागि चौथौं पेनाल्टीमा गोल समेत गरे ।

नेपालका लागि राम थापा, अभिनाश स्याङताङ र सिमान्त थापाले पनि पेनाल्टी सुटआउटमा गोल गरे ।

भ्रमणकारी टोली भुटानका लागि भने जेत्सुङ दोर्जीलेमात्रै पेनाल्टीमा गोल गर्न सक्यो ।

त्यसअघि निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५६ औं मिनेटमा जेत्सुन डोर्जीको गोलमार्फत् भुटानले १–० को अग्रता लियो ।

तर, ७६ औं मिनेटमा किनजाङ तेन्जिङले दोहोरो पँहेलो कार्ड खाँदै मैदानबाट बाहिरिदा भुटान १० खेलाडीमा समेतियो ।

जसको भरपुर फाइदा नेपालले उठायो । त्यसको दुई मिनेटपछि नै नेपाल खेलमा फर्कियो ।

खेलको ७८ औं मिनेटमा लक्षु थापाको लामो दुरीको पासमा निराजन धामीले हेडमार्फत् गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

त्यसपछि खेलमा थप गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत् लिइयो ।

अब नेपालले उपाधिका लागि दोस्रो सेमिफाइनलका विजेतासंग फाइनलमा खेल्नेछ ।

दोस्रो सेमिफाइनल खेल सोमवार भारत र बंगलादेशबीच हुनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.