xr:d:DAFtHeLAEIw:160,j:7346900401451806956,t:23092013

भक्तपुर । विश्व क्रिकेटको लोकप्रिय प्रतियोगिता आईसीसी टि–२० विश्वकप २०२४ सुरु हुन अब केहि सातामात्र बाँकी छ ।

संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने प्रतियोगितामा नेपालसहित २० टोलीको सहभागिता हुनेछ ।

यसअघिको संस्करणसम्म भने १६ टोलीको सहभागिता रहेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टि–२० ढाँचाको प्रतियोगितामा यसै संस्करणबाट ४ टोली थप्दै २० टोली सहभागी हुने गरी प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको हो ।

जुन १ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा अघिल्लो संस्करणको विश्वकपमा शीर्ष ८ मा पुगेका ८ राष्ट्रहरु (इंग्ल्याण्ड, अष्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलंका, दक्षिण अफ्रिका, न्युजिल्याण्ड र नेडरल्याण्ड्स), आयोजकका रुपमा रहेका २ टोली (संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिज), टि–२० वरियताका आधारमा २ टोली (बंगलादेश र अफगानिस्तान), युरोपेली छनोटबाट २ टोली (आयरल्याण्ड र स्कटल्याण्ड), एसिया छनोटबाट २ टोली (नेपाल र ओमान), अफ्रिकी छनोटबाट २ टोली (नामिबिया र युगान्डा), पुर्व एसिया छनोटबाट पपुवा न्युगिनी (पिएनजी),अमेरिकी महादेशबाट बर्मुडा सहभागी हुँदैछन् ।

९ औं संस्करणको प्रतियोगितालाई ४ समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा साविक उपविजेता पाकिस्तानसहित भारत, सह–आयोजक राष्ट्र अमेरिका, क्यानडा र आयरल्याण्ड रहेका छन् ।

त्यस्तै, समूह ‘बी’ मा साविक विजेता इंग्ल्याण्डसहित अष्ट्रेलिया, स्कटल्याण्ड, ओमान र नामिबिया रहेका छन् ।

यता, समूह ‘सी’ मा भने सह–आयोजक वेस्ट इन्डिजसहित न्युजिल्याण्ड, अफगानिस्तान, पिएनजी र युगान्डा रहेका छन् ।

समूह ‘डी’ मा भने नेपालसहित श्रीलंका, बंगलादेश, दक्षिण अफ्रिका र नेडरल्याण्ड्स रहेका छन् ।

समूह चरणका खेल राउन्ड एन्ड रोविन प्रणालीका आधारमा हुनेछ ।

यसअर्थ प्रत्येक समूहमा एक अर्का गरी ४ खेल खेल्नेछन् ।

प्रत्येक समूहको शीर्ष २ मा अताउने टोली सुपर ८ मा प्रवेश गर्नेछन् ।

टि–२० विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हुनेछ ।

यसअघि १० वर्ष अघि बंगलादेशमा भएको टि–२० विश्वकपमा नेपाल सहभागी भएको थियो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.