भक्तपुर । श्रीलंकामाथि फराकिलो जित निकाल्दै नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विहिवार साँझ भएको खेलमा साविक उपविजेता समेत रहेको नेपालले श्रीलंकामाथि ६–० को एकपक्षिय जित निकाल्दै सेमिफाइनमा प्रवेश गरेको हो ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलले दुई गोल गर्दा साबित्रा भण्डारी (साम्बा), सविता राणामगर र रश्मी कुमारी घिसिङले एक–एक गोल गरिन् ।

खेल सुरु भएको आठौं मिनेटमा साम्बाको पासमा सविताले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् ।

त्यस्तै, १२ औं मिनेटमा बिमला बिकको पासमा साम्बाले लामो दुरीबाट गोल गर्दै नेपाललाई २–० ले अघि बढाइन् ।

लगत्तै त्यसको एक मिनेटपछि नै अमिषाको क्रसमा रेखाले गोल थप्दा नेपाल ३–० ले अघि बढ्यो ।

यता, ३६ औं मिनेटमा साम्बाको असिस्टमा रेखाले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा नेपाल ४–० ले अघि बढ्यो ।

दोस्रो हाफको सुरुतिरै ४७ औं मिनेटमा सविताको पासमा अमिषाले गोल थप्दा नेपाल ५–० ले अघि बढ्यो ।

खेलको इन्जुरी समयको चौथौं मिनेटमा अनिता बस्नेतको कर्नर प्रहारमा रश्मीले हेडमार्फत् गोल थप्दै नेपाललाई ६–० ले जिताए ।

फराकिलो जितसंगै नेपालले समूह ‘बी’ मा ती खेलबाट दुईमा जित र एकमा बराबरीको नतिजा निकाल्दै ७ अंक जोडेर समूह विजेता बनेको छ ।

समान ३ खेलमा समान ७ अंक नै जोडेको भुटान भने गोलअन्तरका आधारमा समूह उपविजेता बन्यो ।

यो समूहबाट श्रीलंकाले ३ खेलबाट २ मा हार र १ मा जित निकाल्दै ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

समूह ‘बी’ बाट श्रीलंका र माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।

अब नेपालले सेमिफाइनलमा महिला साफको सर्वाधिक सफल टोली भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.