भक्तपुर । नेपाल दोस्रो संस्करणको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नामिबियासंग पराजित भएको छ ।

बुधवार भएको खेलमा नेपाल नामिबियासंग २ विकेटले पराजित भएको हो ।

योसंगै नेपालले ३ खेलमा १ मा जित र २ मा हारको नतिजा आत्मसाथ गर्दै अंक तालिकामा २ अंक जोडेको छ ।

दुबै खेलमा नेपालमाथि जित हासिल गरेको नामिबियाले भने ३ खेलमा २ मा जित र १ खेलमा हारको नतिजाका साथ ४ अंक जोड्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ ।

काठमाडौंको क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा १६९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नामिबियाले ३९.५ ओभरमा ८ विकेट गुमाइ १७२ रन जोड्यो ।

भ्रमणकारी टोली नामिबियाको जितमा कप्तान गेरहार्ड इरास्मसले ५६ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ५२ रनको अर्धशतकिय पारी खेल्दा जेजे स्मिथले ६६ बल खेल्नेक्रममा १ चौका र २ छक्का प्रहार गर्दै ३४ रन जोडेर अविजित रहे ।

त्यस्तै, माइकल भान लिङगनले ३४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३१ रन जोडेर आउट हुँदा रुवेन ट्रम्पेलम्यानले १२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १६ रन जोडेर पेविलियन फर्किए ।

यता, निको डाभिन ८, विकेटकिपर जेन ग्रिन ६, निकोल लोफ्टी इटान ५, जान फ्राइलिङ्क ४ र जेन पिइरे कोट्जेले ३ रनमा पेविलियन फर्किदा बेर्नाड स्कोल्ट्ज ८ रनमा अविजित रहे ।

नामिबियाले अतिरिक्त रुपमा ५ रन जोड्यो ।

नेपालका लागि कुशल भुर्तेलले ५ ओभर बलिङ गर्दै २८ रन दिएर ३ विकेट लिँदा कप्तान रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी र कुशल मल्लले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले ३७.१ ओभरमा अलआउट हुँदै १६८ रन बनायो ।

नेपालका लागि विकेटकिपर आसिफ शेखले ६४ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५८ रनको अर्धशतकिय पारी खेल्दा कुशल मल्लले ५२ बल खेल्नेक्रममा १ चौका र ३ छक्का प्रहार गर्दै ३६ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, भिम सार्कीले ३६ बलको सामना गर्दा ३ चौका प्रहार गर्दै २६ रन जोडेर आउट हुँदा ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले १६ बलमा ३ चौका प्रहार गर्दै १८ रन जोडेर पेविलियन फर्किए ।

यता, करण केसीले १२ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १२ रन जोडेर आउट हुँदा दिपेन्द्र सिंह ऐरी ६ र सोमपाल कामी ४ रनमा पेविलियन फर्किए ।

अन्य कुनैपनि ब्याट्सम्यानले अंकको खाता नै खोल्न सकेन ।

नेपालले अतिरिक्त रुपमा ८ रन जोड्यो ।

घरेलु टोलीलाई सस्तैमा अलआउट गर्न भ्रमणकारी टोली नामिबियाका लागि बेर्नाड स्कोल्ट्जले १० ओभर बलिङ गथर्दै २ मेडन राख्दै ३१ रन दिएर ४ विकेट लिँदा निकोल लोफ्टी इटानले ६.१ ओभर बलिङ गर्दै ३४ रन दिएर ४ विकेट लिए ।

त्यस्तै, कप्तान गेरहार्ड इरास्मस र ज्याक ब्रुस्सेलले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.