
भक्तपुर । नेपाल आईसीसी टि–२० विश्वकपअन्तर्गत खेलमा टेस्ट राष्ट्र दक्षिण अफ्रिकासंग पराजित भएको छ ।
सनिवार विहान भएको खेलमा नेपाल उपाधि दाबेदार राष्ट्र दक्षिण अफ्रिकासंग १ रनले पराजित भएको हो ।
पराजयसंगै नेपाल १ खेल अघि नै समूह चरणबाट बाहिरएको छ ।
नेपालको ३ खेलबाट १ अंक रहेको छ ।
नेपालमाथि जित निकालेको दक्षिण अफ्रिकाले भने ४ खेलबाट ८ अंक जोडेको छ ।
वेस्ट इन्डिजको आर्नोस भाले रंगशालामा भएको खेलमा ११६ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै ११४ रनमात्र जोड्न सक्यो ।
नेपालका लागि ओपनर ब्याट्सम्यान तथा विकेटकिपर आसिफ शेखले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४२ रन जोड्दा अनिल साहले २४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गर्दै २७ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, अर्का ओपनर कुशल भुर्तेलले २१ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १३ रन जोडेर आउट हुँदा सोमपाल कामी ८ रनमा अविजित रहे ।
यता, गुलशन झा ६ रनमा रनआउट हुँदा दिपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए ।
कुशल मल्ल १ रनमा पेविलियन फर्किदा कप्तान रोहित पौडेल शुन्य रनमा आउट भए ।
नेपालले अतिरिक्त रुपमा ११ रन जोड्यो ।
नेपालमाथि जित निकाल्न तब्राइज शाम्सीले ४ ओभर बलिङ गर्दा १९ रन दिएर ४ विकेट लिँदा एडिन मार्कराम र एनरिच नोटजेले समान १–१ विकेट लिए ।
त्यसअघि टस जितेको नेपालले दक्षिण अफ्रिकालाई पहिला ब्याटिङमा निम्त्यायो ।
बलियो दक्षिण अव्रिmकाले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै ११५ रन जोड्यो ।
दक्षिण अफ्रिकाका लागि ओपनर ब्याट्सम्यान रिजा हेन्ड्रिक्सले ४२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४३ रन जोड्दै पेविलियन फर्किदा टिस्टान स्टुब्सले १८ बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै २७ रन जोडेर अविजित रहे ।
त्यस्तै, कप्तान अदैन मार्करामले २२ बलमा २ चौका प्रहार गरेर १५ रन जोड्दै आउट हुँदा अर्का ओपनर तथा विकेटकिपर क्विन्टन डि ककले ११ बल खेल्दै १ चौका मद्दतमा १० रन जोडेर पेविलियन फर्किए ।
यता, डेभिड मिलर ७, हेनरिक क्लासेन ३, मार्को जनसन १ रनमा आउट हुँदा कागिसो राबडा शुन्य रनमा पेविलियन फर्किए ।
दक्षिण अफ्रिकाले अतिरिक्त रुपमा ९ रन जोड्यो ।
बलियो टेस्ट राष्ट्रलाई सस्तैमा समेत्न नेपालका लागि कुशल भुर्तेलले ४ ओभर बलिङ गर्दै मात्र १९ रन दिँदै ४ विकेट लिँए ।
कुशलले इनिङ्सको अन्तिम ओभरमा लगातार दुई विकेट लिए ।
त्यस्तै, दिपेन्द्र सिंह ऐरीले पनि ४ ओभर बलिङ गर्दै २१ दिएर ३ विकेट लिए ।
नेपालको तेस्रो विकेट पटन ः अनिल साह २७ रनमा आउट ।