भक्तपुर । काठमाडौंमा जारी नेपाल नेपाल टि–२० क्रिकेट लिगको १० औं खेलमा विराटनगर सुपर किग्संले पोखरा एभेन्जर्समाथि ६ विकेटको जित हात पारेको छ । जारी लिगमा विराटनगरका योे पहिलो जित हो ।
बुधवारको १९ ओभरमा छोट्याएको खेलमा १४० रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १७.४ ओभर खेल्दै ६ विकेट गुमाएर पुरा गर्यो ।
विराटनगरका लागि हुसेन तलातले ३० बलमा ४ चौका र १ छक्का प्रहार गर्दै अविजित ५० रनको अर्धशतकीय पारी खेले ।
त्यस्तै, अर्जुन साउद २५ रन बनाउँदा कप्तान आन्द्रे म्याकार्थीले २१ तथा पृथु बाँस्कोटाले १५ रन जोडे ।
पोखराका लागि कुशल मल्ल र शरद भेषवाकरले समान २–२ विकेट लिए ।
त्यसअघि क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा पहिला ब्याटिङमा उत्रिएको पोखराले १९ ओभरमा ७ विकेट गुमाउँदै १३९ रन बनाएको थियो ।
पोखराका लागि कुशल मल्लले १८ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ३७ रन बनाए । त्यस्तै, सिद्धान्त लोहनीले २६ रन बनाउँदा कप्तान उपल थरंगा १९ रन बनाए ।
यता, आसिफ शेखले १० रन जोड्दा अविजित रहँदै प्रतिश जिशीले ११ तथा शरद भेषवाकरले ९ रन बनाए ।
विराटनगरका लागि हुसेन तलात र राज नाननले समान २–२ विकेट लिए । त्यस्तै, नन्दन यादव,साहब आलम र म्याकार्थीले समान १–१ विकेट लिए ।
प्रतियोगिताअन्तर्गत भोली (विहिवार) पोखरा एभन्जर्स र विराटनगर सुपरकिग्संबीच पहिलो खेल हुनेछ भने दोस्रो खेलमा जनकपुर रोयल्स र फार वेस्ट युनाइटेडबीच हुनेछ ।