भक्तपुर । काठमाडौंमा जारी नेपाल टि–२० क्रिकेट लिगको १४ औं खेलमा फार वेस्ट युनाइटेडविरुद्व पोखरा एभेन्जर्सले जित हात पारेको छ ।

शुक्रवार भएको खे्लमा पोखराले फार वेस्टविरुद्व ३ विकेटको जित हात पारेको हो । पोखराको जारी लिगमा पहिलो जित समेत हो ।

१ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १९.१ ओभर खेल्दै ७ विकेटको क्षतिमा पुरा गरेको हो । पोखराका लागि कुशल मल्लले २२ बलमा ५ छक्कासहित ४० रन बनाएका थिए ।

त्यस्तै, आसिफ शेखले ३३ बलमा २ चौका र २ छक्कासहित ४५ रनको योगदान दिए । यता, सुमित महर्जनले ३८ रन जोड्दा सिद्धान्त लोहनी २३ रन र अमिर हेम्जाले १२ रन बनाए ।

उपुल थरंगा ९ रनमा आउट हुँदा अभिमन्यु मिथुनले ८ रन जोडे । विपिन खत्री ६ रन जोड्दै अविजित रहे ।

फार वेस्टका लागि करण केसी र उमेर अलीले २–२ विकेट लिए ।

त्यसअघि क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको युनाइटेडले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको थियो ।

फार वेस्टका लागि उमेर अलीले २६ बलमा ५ छक्कासहित सर्वाधिक ४२ रन बनाए । त्यस्तै, राशिद खानले १५ बलमा २ चौका र २ छक्कासहित ३२ रन जोडे ।

यता, देव खनालले ३३ रन जोड्दा हासिम अन्सारी १७ रनमा आउट भए । भीम सार्कीले १७, विनोद भण्डारीले ११ र हरिशंकर शाहले ५ रन जोड् । करण केसी १२ रनमा अविजित रहे ।

पोखरालागि जाहिर खानले ३ विकेट लिँदा आमिर हाम्जाले २ विकेट लिए । त्यस्तै, तुलबहादुर थापाले पनि २ विकेट नै लिए ।

त्यसअघि आजको पहिलो खेलमा लुम्बिनी अल स्टार्सले काठमाडौं नाइट्समाथि ३५ रनको जित निकालेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.