भक्तपुर । काठमाडौंमा जारी नेपाल टि–२० किकेट लिगको चौथौं तथा आजको अन्तिम खेलमा जनकपुर रोयल्सले पोखरा एभेन्जर्समाथि ५ विकेटको जित हात पार्दै विजयी सुरुवात गरेको छ ।
क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा आइतवार भएको दोस्रो खेलमा जनकपुरले पोखराले दिएको १३९ रनको विजयी लक्ष्य १७.४ ओभरमा पुरा गर्यो ।
जनकपुरका लागि सन्दिप जोराले अविजित ४० रनको महत्वपूर्ण योगदान गरे । त्यस्तै, सागर पुनले ३८ रन जोड्दा चाडविक वाल्टनले २२ रन जोडे ।
त्यस्तै, राजेश पुलामीले ९ रन बनाउँदा शराफुदिन आश्रिफले ६ जोडेर आउट भए । यता, अदिल आलम २ रनमा अविजित रहे ।
पोखराका लागि जाहिर खानले ३ विकेट लिए । त्यस्तै, मौषम ढकाल र शरद भेषवाकरले १–१ विकेट आ–आफ्नो नाममा पारे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको पोखराले १९.४ ओभरमा अलआउट हुँदै १३८ रन बनाएको थियो ।
पोखराका लागि आसिफ शेखले सर्वाधिक ५० रनको अर्धशतकिय पारी खेलेका थिए । सिद्धान्त लोहनीले २९ तथा प्रतिश जिशीले २८ रनको योगदान गरे ।
त्यस्तै, अमिर हम्जाले १८ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन सकेनन् ।
जनकपुरका लागि केसरिक विलियम्सले ३ विकेट लिएका थिए । यता, शरफुदिन असरफ, पवन सराफ र ललित राजवंशीले समान २–२ विकेट लिए।
पोखराको प्रतियोगितामा लगातार दोस्रो हार हो । यसअघि पोखरा हिजो काठमाडौंसंग पराजित भएको थियो ।
लिगअन्तर्गत भोली काठमाडौं नाइट्स र फार वेस्ट युनाइटेडवीच विहान सवा ९ बजे खेल हुनेछ । त्यस्तै, दिउँसो सवा १ बजे जनकपुर रोयल्स र विराटनगर सुपरकिंग्सवीच प्रतिस्पर्धा हुनेछ ।