भक्तपुर । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल टी–२० फ्रेन्चाइज लिगको पहिलो संस्करणमा काठमाडौं नाइट्स भित्रिएको छ ।

यसअघि काठमाडौं गोर्खाज सहभागी हुने जनाइएको थियो । तर, केहि साता अघि काठमाडौं गोर्खाजले नाम फिर्ता लिएपछि उसको सट्टामा क्यानले काठमाडौं नाइट्सलाई आवद्ध गरेको हो ।

नेपाल स्पोर्ट्स भेन्चरको स्वामित्वमा रहने काठमाडौं नाइट्सले लिग खेल्ने तय भएको क्यानले विज्ञप्तीमार्फत जनाएको छ ।

योसँगै लिगमा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्ने तय भएका छ ।

आईसीसीले आधिकारिक मान्यता दिएको फ्रेन्चाइज प्रतियोगितामा काठमाडौं नाइट्ससंगै विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स, लुम्बिनी अल स्टार र फार वेस्टर्न युनाइटेड सहभागी हुनेछन् ।

क्यानले नयाँ टिम आवद्ध भए लगत्तै प्रतियोगिता पुस ८ गतेदेखि सुरु गर्ने घोषणा पनि गरेको छ । यसअघि मंसिर २६ गते देखि पुस १६ गतेसम्म गर्ने मिति तोकिएको थियो ।

क्यानले छिट्टै नयाँ खेलतालिका पनि सार्वजनिक गर्ने जनाएको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.