भक्तपुर । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भोली पुस ८ गतेदेखि हुने भनिएको नेपाल टि–२० लिग निर्धारित समयमा नहुने भएको छ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले फ्रेन्चाइज प्रतियोगिताको तयारी पूरा नभएको कारण भोलि नै सुरु गर्न नसकिने बताएसंगै पुनः सर्ने निश्चित भएको हो ।
क्यानको आयोजना हुने भनिएको लिगको कमर्सियल र स्ट्राटेजिक राइट भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिइएको छ ।
सेभेन थ्री स्पोर्ट्सलाई अधिकार दिएदेखि नै नेपाल टी–२० लिग विवादमा तानिएको थियो । जसले गर्दा यसअघि दुई पटक तोकिएको समयमा पनि लिग सुरु हुन सकेको थिएन ।
यो संगै मिति निर्धारण गरी प्रतियोगिता सारिएको तीन महिनाको अन्तरमा तेस्रोपल्ट हो ।
६ फ्रेन्चाइज टोलीको सहभागिता रहेन पहिलो संस्करणको प्रतियोगिता यसअघि असोज ८ गतेबाट सुरु गर्ने जनाएको थियो ।
त्यसपछि सारेर मंसिर २५ गतेदेखि गर्ने भनिएको फ्रेन्चाइज लिग भोलीबाट गर्ने तयारी थियो ।