भक्तपुर । पहिलो संस्करणको नेपाल टि–२० क्रिकेट लिगको उद्घाटन खेलमा काठमाडौं नाइट्सले विजयी सुरुवात गरेको छ ।

सनिवार भएको खेलमा काठमाडौंले पोखरा एभन्जर्समाथि २६ रनको जित हात पारेको हो ।

काठमाडौंस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले दिएको १६३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा पोखरा निर्धारित १९ ओभरमा ७ विकेट गुमाएर १३७ रनमा समेटियो ।

पोखराका लागि उपल थरङगाले ३४ बलमा ६ चौकासहित सर्वाधिक ४४ रनको योगदान दिए ।

आरिफ शेखले २० बलमा २ चौकासहित २० रन बनाउँदा अमिर हमाज र अभिमन्यु मिथुनले समान १८–१८ रन बनाए ।

त्यस्तै, सिद्धान्त लोहनी ७ बलमा १३ रन बनाउँदै आउट हुँदा कप्तान सरद भेष्वाकरले ६ रनको योगदान गरे ।

काठमाडौंका अभिनाश बोहराले ३ विकेट लिए । त्यस्तै, बसिर अहमदले २ विकेट लिँदा अनिल खरेलले १ विकेट लिए ।

यसअघि पोखराले टस जित्दै काठमाडौंलाई ब्याटिङको निम्तो दिएको थियो । अज्मत ओमारजाइको आक्रमक ब्याटिङ प्ररित काठमाडौंले निर्धारित १९ ओभरको खेलमा ५ विकेटको क्षतिमा १६२ रन बनाएका थिए ।

खराब सुरुवात गरेको काठमाडौंले ४८ रन बनाउँदै गर्दा ५ विकेट गुमाइसकेको थियो । त्यसपछि सुनाम गौतम र ओमारजाइले ११४ रनको साझेदारी गरेपछि काठमाडौंले समानजनक योगफल तयार पारेका थिए ।

ओमारजाइले ४२ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै सर्वाधिक ८५ रनको योगदान गर्दै अविजित रहँदा सुनामले २८ बल खेल्दै २ चौकासहित २७ रन जोड्दै अविजित रहे ।

यता, एलेक्स ब्लेक्सले २१ रन, विरेनदिप सिंहले १० रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भए ।

पोखराका लागि प्रतिश जिसी र जाहिर खानले समान २–२ विकेट हात पार्दा मौसम ढकालले एक विकेट आफ्नो नाममा पारे ।

प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाइटेड टियू क्रिकेट मैदानमा आजै आमनेसामने हदैछ । यो खेल दिउँसो सवा १ बजे हुनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.