
भक्तपुर । नेपाल टी–२० लिगका लागि काठमाडौं नाईट्स टिम घोषणा गरेको छ ।
काठमाडौंले मंगलबार आफ्नो १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
घोषित टोलीमा नेपाली खेलाडीहरुमा मार्की खेलाडीका रुपमा ज्ञानेन्द्र मल्ल रहँदा अनिल खरेल, गौतम केसी, कमलसिंह ऐरी, बासिर अहमद, अविनाश बोहोरा, सन्दीप रजाली, सन्तोष कार्की, सौरभ खनाल, लोकेश बम र सुनम गौतम रहेका छन् ।
त्यस्तै, विदेश कोटाबाट बिरनदिप सिंह, रायन वर्ल, अजमतुल्लाह उमरजाई र एलेक्स बाल्की रहेका छन् ।
पुस ८ गतेबाट सुरु हुने प्रतियोगितामा काठमाडौंले उद्घाटन खेलमा पोखरा एभेन्जर्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।