भक्तपुर । काठमाडौंमा जारी आईसीसी पुरुष टि–२० विश्वकप फाइनल एसियाअन्तर्गत समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपाल ओमानसंग पराजित भएको छ ।

विहिवार भएको समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसंग ५ रनले पराजित भएको हो ।

योसंगै नेपालले समूह चरणको तीन खेलमा दुईमा जित र एकमा हारको नतिजा आत्मसाथ गर्दै ४ अंकसहित समूह उपविजेता बनेको छ ।

यता, ओमान भने समूह चरणमा शतप्रतिशत जित निकाल्दै ६ अंकसहित समूह विजेता बनेको छ ।

अब नेपालले प्रतियोगिताको सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्दी युनाइटेड अरब इमिरेट्स (युएई) संग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा १४६ रनको सामान्य विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेपाल निर्धारित २० ओभरमा अलआउट हुँदा १४० रनमा समेतियो ।

नेपालका लागि विवेक यादवले २४ बलमा ५ छक्का प्रहार गर्दै ३९ रन जोड्दा ओपनर कुशल भुर्तेलले १८ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २६ रन जोड्दै आउट भए ।

त्यस्तै, करण केसीले ११ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १५ रन जोड्दै आउट हुँदा कप्तान रोहित पौडेल, सुन्दिप जोरा र सोमपाल कामी समान १२–१२, कुशल मल्ल १०, आसिफ शेख ५, गुलशन झा ३ र सन्दिप लामिछाने २ रनमा आउट भए ।

अभिनाश बोहरा १ रनमा अविजति रहे । नेपालले अतिरित्तः रुपमा ३ रन जोड्यो ।

ओमानका लागि बिलाल खानले ४ ओभर बलिङ गर्नेक्रममा ३० रन दिएर ३ विकेट लिँदा शकिल अहमद, मेहरान खान र अक्विब इलियासले समान २–२ विकेट लिए ।

त्यस्तै, कप्तान जिशान मकसुदले पनि १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १४५ रन जोड्यो ।

ओमानका लागि कप्तान जिशान मकसुदले २६ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३२ रन जोड्दा नासिम खुशीले १४ बल खेल्दै २ चौका र २ छक्का प्रहार गर्दै २५ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, विकेटकिपर प्रतिक अथाभालेले १८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २४ रन जोड्दा शकिल अहमदले १७ बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै २२ रनमा अविजित रहे ।

यता, आयान खानले २५ बलको सामना गर्नेक्रममा २ चौका प्रहार गर्दै १८ रन जोडेर पेविलियन फर्किदा कश्यप प्रजापति ८, काल्लेमुल्लाह ५, अक्विब इलियास २ रनमा आउट भए ।

ओमानी अन्य ब्याट्सम्यानले अंकको खाता नै खोल्न सकेनन् । ओमानले अतिरिक्त रुपमा ९ रन जोड्यो ।

नेपालका लागि करण केसीले ४ ओभर बलिङ गर्नेक्रममा ४३ रन दिएर ३ विकेट लिँदा सोमपाल कामीले पनि ४ ओभर बलिङ गर्दा मात्र १६ रन दिएर २ विकेट लिए ।

त्यस्तै, सन्दिप लामिछानेले ४ ओभर बलिङ गर्नेक्रममा ३० रन दिएर २ विकेट लिँदा गुलशन झा र अभिनाश बोहराले समान १–१ विकेट लिए ।

सेमिफाइलका दुबै खेलहरु भोली (शुक्रवार) हुनेछन् ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.