
भक्तपुर । स्कटल्याण्डसंग पराजित भएसंगै नेपाल टि–२० आई ट्रि सिरिजको उपविजेतामै सिमित बनेको छ ।
शुक्रवार राति भएको फाइनल खेलमा घरेलु टोली स्कटल्याण्डसंग ३४ रनले पराजित हुँदै नेपाल उपविजेतामै सिमित बनेको हो ।
स्कटल्याण्डको टिटउड क्रिकेट ग्राउण्डमा भएको खेलमा १९४ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा अलआउट हुन पुग्दा मात्र १५९ रनमा रोकियो ।
रुपेश कुमार सिंहले नटआउट ४३, दिपेन्द्र सिंह ऐरीले ३४, कप्तान रोहित पौडेलले २७ र आसिफ शेखले १४ रन बनाउनुक अलावा नेपालका अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपाललाई सस्तैमा अलआउट गर्न स्कटल्याण्डका लागि क्रिस ग्रेभ्सले ३, सफयान शरिफले २ तथा ब्रान्डन म्याकमुलन, मार्क वाट र माइकल लिइक्सले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर १९३ रन जोड्यो ।
स्कटल्याण्डका लागि ओपनर ब्याट्सम्यान जर्ज मुन्सेले ३९ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ७८ रनको अर्धशतकिय पारी खेले ।