भक्तपुर । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत क्यानडा सिरिजमा नेपालले आज राति दोस्रो खेल खेल्दैछ ।
नेपालले ओमानसंग नेपाली समयअनुसार साँझ पौने ९ बजे क्यानडास्थित मापेल लिफ क्रिकेट मैदानमा खेल्ने तालिका रहेको छ ।
त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले पहिलो खेल क्यानडासंग १०३ रनले हारेको थियो ।
सिरिजमा खराब सुरुवात गरेको नेपाललाई आजको खेल महत्वपूर्ण रहने निश्चित छ ।
नेपालले लिग २ को अंक तालिकामा ५ खेलबाट १ जित र ४ हारको नतिजासहित मात्र २ अंक जोडेको छ ।