भक्तपुर । काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोली बंगलादेश प्रस्थान गरेको छ ।
नेपाली टोलीलाई यसअघि आइतबार एक कार्यक्रम आयोजना गर्दै नेपाल भलिबल संघले बिदाइ गरेको थियो ।
काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप ७ देखि ११ पुससम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ ।
चार टिम बीच राउण्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा हुनेछ ।
नेपालले पहिलो खेल पुस ७ गते आयोजक बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।