
भक्तपुर । फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको फुटबल विधाअन्तर्गत महिला फुटबलको एसिया छनोट तालिका सार्वजनिक भएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) ले विहिवार सार्वजनिक भएको समूह विभाजन तालिकामा नेपाल समूह ‘सी’ मा परेको हो ।
पहिलो चरणको छनोट खेलमा नेपालले भियतनाम, प्यालेस्टाइन र अफ्गानिस्तानसंग प्रतिस्पर्धा गर्ने भएको छ ।
छनोट खेलहरु अप्रिल ३ देखि ११ तारिखसम्म हुनेछ । पहिलो चरणमा सहभागी २६ महिला राष्ट्रय टोलीलाई ७ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्षस्थानमा रहेने राष्ट्रले दोस्रो चरणमा स्थान बनाउनेछ ।