भक्तपुर । एसिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपअन्तर्गत नेपाली पुरुष टोलीले दोस्रो जित हात पारेको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार बंगलादेशलाई हराएर नेपालले दोस्रो जित निकालेको हो ।
प्लेट च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपालले बंगलादेशमागि ७१–० को एकतर्फी जित हात पारेको हो ।
उसअघि नेपालले भारतलाई हराएको थियो । नेपाल प्रतियोगिताको समूह चरणबाट बाहिरिएको थियो ।