भक्तपुर । नेपाली राष्ट्रिय क्रिकेट टिम आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आगामी सेप्टेम्बरमा हुने त्रिकोणात्मक सिरिजको तयारीका लागि भारत प्रस्थान गरेको छ ।
सोमवार विहान नेपाली राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको हो ।
नेपाली टोलीले बेङलोरुमा दुई साता प्रशिक्षण गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
सेम्टेम्बरमा क्यानडामा हुने सिरिजमा नेपालले घरेलु टोली क्यानडा र ओमानसंग प्रतिस्पर्धा गर्नेछ ।