भक्तपुर । नेपालले एसीसी यु–१६ इस्ट जोन कपको उपाधि रक्षा गरेको छ ।

सनिवार भएको फाइनल खेलमा सिंगापुरमाथि २ विकेटको जित निकाल्दै साविक विजेता नेपालले उपाधि रक्षा गरेको हो ।

पराजित सिंगापुर भने उपविजेतामा सिमित बन्यो ।

मलेसियाको बाङ्गीस्थित वाइएसडी युकेएम ओभल मैदानमा भएको फाइनल खेलमा ११४ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ८ विकेट गुमाएर ११७ रन जोड्दै जित रच्यो ।

नेपाललाई जिताउन जोय थापाले ५३ बलमा ३ चौका प्रहार गर्दै २४ रन जोडेर अविजित रहँदा विकेटकिपर शिवान्श बजगाईले १३ बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै २० रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, शुभम् खनालले ४० बलमा ३ चौका प्रहार गर्दै १८ रन जोडेर आउट हुँदा ओपनर ब्याट्सम्यान प्रसिद्ध जैशीेले २८ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै १७ रन जोडेर पेविलियन फर्किए ।

यता, अर्का ओपनर परिमार्जन यादवले ९ बलमा ३ चौका प्रहार गर्दै १३ रन जोडेर आउट हुँदा अभय यादवले १२ बल खेल्नेक्रममा १ छक्का प्रहार गर्दै १० रन जोडेर अविजित रहे ।

सुगम बुढाथोकी र सचिन भट्टले समान १–१ रन बनाएर आउट हुँदा कप्तान बिपिन प्रसाद शर्मा र रौनक श्रीवास्तब शुन्य रनमा पेविलियन फर्किए ।

नेपालले अतिरिक्त रुपमा १३ रन जोड्यो ।

सिंगापुरका लागि कपिश भेनकत्रामानले ४ विकेट लिँदा युभान पाण्डेले २ तथा भेदान्श गुप्ता र आकाश तेजाले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको सिंगापुरले ४०.५ ओभरमा अलआउट हुँदै ११३ रन जोड्यो ।

सिंगापुरका लागि ओपनर ब्याट्सम्यान तथा विकेटकिपर रोहन अस्टिन अरुणले ८४ बलमा २ चौका प्रहार गर्दै २३ रन जोडेर आउट हुँदा रियान नाइकले ११ बल खेल्दै ३ चौका प्रहार गरेर १५ रन बनाएर पेविलियन फर्किए ।

त्यस्तै, भेदान्श गुप्ताले ३८ बलमा १ चौका प्रहार गर्दै १२ रन जोडेर अविजित रहँदा आकाश तेजाले २४ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै १० रन जोडेर पेविलियन फर्किए ।

यता, आरभ अग्रवाल र युभान पाण्डे समान ९–९, स्वरित ठाकुर ५, प्रनद इशान मेधुरी र कपिश भेनकत्रामान २–२ रनमा आउट हुँदा अर्का ओपनर आहान भुथानदम र इल्भिन थोमस भर्गेसे शुन्य रनमा पेविलियन फर्किए ।

सिंगापुरले अतिरिक्त रुपमा २६ रन जोड्यो ।

नेपालका लागि अभय यादवले १० ओभर बलिङ गर्दै २ मेडन राखेर ३ विकेट लिँदा शुशिल बहादर रावलले ८ ओभर बलिङ गर्दै ३८ रन दिएर ३ विकेट लिए ।

त्यस्तै, शुभम् खनालले ७.५ ओभर बलिङ गर्नेक्रममा १ मेडनसहित १७ रन दिएर २ विकेट लिँदा बिपिन प्रसाद शर्माले १० ओभर बलिङ गर्दै ३ मेडन राखेर १४ रन दिएर १ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.