Ansh Tandon of United Arab Emirates A plays a shot during the ACC Men's Emerging Teams Asia Cup 2023 cricket match between Nepal and United Arab Emirates A at the P. Saravanamuttu International cricket Stadium, Colombo, Sri Lanka on July 19, 2023. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council

भक्तपुर । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) ‘ए’ लाई १५७ रनमा रोकेको छ ।

कोलोम्बोस्थित पि. सारा ओभल रंगशालामा जारी खेलमा टस जितेर युएई ‘ए’ पहिला ब्याटिङमा उत्रिएको थियो ।

तर नेपाली बलरहरु चम्किँदा युएई ४४ ओभरमा अलआउट हुँदै मात्र १५७ रनमा समेतियो । नेपालले अब जितका लागि १५८ रनको मध्यम लक्ष्य पछ्याउनेछ ।

युएईका लागि लभप्रित सिंहले ८२ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५२ रनको अर्धशतकिय पारी खेल्दा इथान डिसुजाले २५ बल खेल्नेक्रममा २ चौका र १ छक्का प्रहार गर्दै १८ रन जोडे ।

त्यस्तै, अश्वन्त भालथापाले ३२ बलमा १ चौका प्रहार गर्दै १६ रन जोड्दै पेविलियन फर्किदा विकेटकिपर आयान्स शर्माले ३० बलमा २ चौका प्रहार गर्दै १४ रन जोड्दै आउट भए ।

यता, जस जियानीले २५ बलमा १ चौका प्रहार गर्दै १३ रन जोड्दै पेविलियन फर्किदा निलान्श केस्वान ९, मोहम्मद फाराजुद्दिन र फाहाद नवाज समान ४–४, अन्श तण्डन ३ र कप्तान अली नासिर १ रनमा पेविलियन फर्किए ।

मोहम्मद जवादुल्लाह १ रनमा अविजित रहे । युएईले अतिरिक्त रुपमा २२ रन जोड्यो ।

युएईलाई सस्तैमा समेत्न नेपालका लागि कुशल भुर्तेलले १० ओभर बलिङ गर्दै ४० रन दिएर सर्वाधिक ६ विकेट हात पारे ।

त्यस्तै, श्याम ढकालले ९ ओभर बलिङ गर्नेक्रममा ४४ रन दिएर २ विकेट लिँदा कुशल मल्लले ५ ओभरमा १७ रन दिएर १ विकेट लिए ।

यता, पवन सराफले १० ओभर बलिङ गर्दै ३ मेडन राखेर १९ रन दिँदै १ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.