भक्तपुर । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको चौथौं तथा अन्तिम खेलमा नेपालले नेडरल्याण्ड्ससंग टस हारेसंगै पहिला ब्याटिङ गर्ने भएको छ ।
काठमाडौंको क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा हुने सिरिजअन्तर्गत चौथौं तथा अन्तिम खेलमा टस जितेको भ्रमणकारी टोली नडरल्याण्ड्सले पहिला फिल्डिङ गर्ने निर्णय गरेसंगै नेपालले पहिला ब्याटिङ गर्ने भएको हो ।
नेपालले आजको खेललाई टोलीमा दुई परिर्वतन गरेको छ ।
अघिल्लो खेलमा रहेका सोमपाल कामी र देव खनाललाई बेन्चमा राख्दै गुलशन झा र आरिफ शेखलाई टोलीमा स्थान दिइएको छ ।
११ सदस्सीय नेपाली टोलीमा कप्तान रोहित पौडेल, विकेटकिपर आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, भिम सार्की, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, गुलशन झा र करण केसी समेतिएका छन् ।