भक्तपुर । दोस्रो संस्करणको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले बलियो नेडरल्याण्ड्सलाई १३७ रनमा अलआउट गरेको छ ।

काठमाडौंको क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा पहिलो इनिङ्स ब्याटिङमा उत्रिएको भ्रमणकारी टोली नेडरल्याण्ड्सलाई नेपालले १३७ रनमा अलआउट गरेको हो ।

अब नेपालले जितका लागि ५० ओभरको खेलमा १३८ रन जोड्न पर्नेछ ।

टस जितेको नेपालले पहिला नेडरल्याण्ड्सलाई पहिला ब्याटिङमा निम्त्याएपछि नेडरल्याण्डले ३९ ओभरको खेलमा अलआउट हुँदै १३७ रन जोड्यो ।

डच टोलीका लागि कप्तान स्कट इवार्ड्सले ४९ बलमा १ चौका प्रहार गर्दै ३३ रन जोडेर पेविलियन फर्किदा बास दि लिडले ४४ बल खेल्नेक्रममा ३ चौका र १ छक्का प्रहार गर्दै २७ रन जोडेर आउट भए ।

त्यस्तै, स्याब्रान्ड इगलब्रेच्टले ३५ बलमा ३ चौका प्रहार गरेर २३ रन जोड्दा नोह क्रोएसले २४ बलमा १ चौका मद्दतमा १२ रन जोडेर रनआउट भए ।

यता, म्याक्स ओडोड १० रनमा रनआउट हुँदा आर्यान दत्त पनि १० रन जोडेर पेविलियन फर्किए ।

केयल क्निल ११ रनमा अविजित रहँदा भिभियान किंगमा २ र शारिज अहमद १ रनमा पेविलियन फर्किए ।

डच टोलीले अतिरिक्त रुपमा ८ रन जोड्यो ।

नेडरल्याण्ड्सलाई सस्तैमा अलआउट गर्न नेपालका लागि कुशल भुर्तेलले ७ ओभर बलिङ गर्दै २० रन दिएर सर्वाधिक ४ विकेट लिँदा ललित राजबंशीले १० ओभर बलिङ गर्नेmक्रममा ३२ रन खर्चिएर २ विकेट लिए ।

त्यस्तै, सोमपाल कामीले ७ ओभर बलिङ गर्नेक्रममा २ मेडन राख्दै २४ रन दिएर १ विकेट लिँदा कप्तान रोहित पौडेलले १ ओभर बलिङ गर्दै मात्र ३ रन दिएर १ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.