ST VINCENT, SAINT VINCENT AND THE GRENADINES - JUNE 14: Reeza Hendricks of South Africa bats as Aasif Sheikh of Nepal keeps during the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between South Africa and Nepal at Arnos Vale Ground on June 14, 2024 in St Vincent, Saint Vincent and The Grenadines. (Photo by Matthew Lewis-ICC/ICC via Getty Images)

भक्तपुर । नेपालले बलियो टेस्ट राष्ट्र दक्षिण अफ्रिकालाई आईसीसी टि–२० विश्वकपअन्तर्गत खेलमा ११५ रनमा रोकेको छ ।

वेस्ट इन्डिजको आर्नोस भाले रंगशालामा जारी खेलमा नेपालले उपाधि दावेदार मानिएको दक्षिण अफ्रिकालाई पहिलो इनिङ्समा ११५ रनमा रोकेको छ ।

टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट लिँदै दक्षिण अफ्रिकालाई १ि१५ रनमा समेत्यो ।

नेपालका लागि कुशल भुर्तेलले ४ ओभर बलिङ गर्दै मात्र १९ रन दिँदै ४ विकेट लिँए ।

कुशलले इनिङ्सको अन्तिम ओभरमा लगातार दुई विकेट लिए ।

त्यस्तै, दिपेन्द्र सिंह ऐरीले पनि ४ ओभर बलिङ गर्दै २१ दिएर ३ विकेट लिए ।

दक्षिण अफ्रिकाका लागि भने ओपनर ब्याट्सम्यान रिजा हेन्ड्रिक्सले ४२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४३ रन जोड्दै पेविलियन फर्किदा टिस्टान स्टुब्सले १८ बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै २७ रन जोडेर अविजित रहे ।

त्यस्तै, कप्तान अदैन मार्करामले २२ बलमा २ चौका प्रहार गरेर १५ रन जोड्दै आउट हुँदा अर्का ओपनर तथा विकेटकिपर क्विन्टन डि ककले ११ बल खेल्दै १ चौका मद्दतमा १० रन जोडेर पेविलियन फर्किए ।

यता, डेभिड मिलर ७, हेनरिक क्लासेन ३, मार्को जनसन १ रनमा आउट हुँदा कागिसो राबडा शुन्य रनमा पेविलियन फर्किए ।

दक्षिण अफ्रिकाले अतिरिक्त रुपमा ९ रन जोड्यो ।

अब नेपालले जितका लागि ११६ रन पछ्याउने छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.