भक्तपुर । काठमाडौंमा जारी टि–२० अन्तर्राष्ट्रिय त्रिदेशिय सिरिजअन्तर्गत फाइनल खेलमा नेपालले टस जितेको छ ।
क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा ११ः३० बजे सुरु हुने खेलमा नेपालले टस जितेसंगै पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।
योसंगै बलियो नेडरल्याण्ड्सले पहिला बलिङ गर्दैछ ।
फाइनल खेल खेल्ने नेपाली टोलीमा कप्तान रोहित पौडेलसंगै कुशल भुर्तेल, विकेटकिपर आसिफ शेख, कुशल मल्ल, अविनाश बोहरा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, करण केसी, गुलशन झा र दिपेन्द्र सिंह ऐरी रहेका छन् ।
उता, डच टोलीको सुरुवाती ११ मा कप्तान तथा विकेटकिपर स्कट इडवार्डस्, म्याक्स ओडोड, विक्रमजित सिंह, शारिज अहमद,स्याब्रान्ड इंगलब्रेच्ट, भिभियान किंगमा, रोयल्फ भान देर मेर्वे, माइकल लेभिट, तेजा निदामनुरु, फ्रेड क्लास्सेन र टिम भान देर गगटेन रहेका छन् ।