भक्तपुर । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप कप टि–२० सिरिजको उपाधि जितेको छ ।

आईतवार भएको फाइनल खेलमा नेपालले घरेलु टोली गुजरातलाई १८ रनले पराजित गर्दै एसएमएस फ्रेन्डसिप कप टि–२० सिरिज जितेको हो ।

गुजरातको भापीस्थित साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा भएको फाइनल खेलमा नेपालले दिएको १७७ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै मात्र १५८ रन जोड्न सक्यो ।

गुजरातका लागि कप्तान उमंग तान्दुलले ४० रन जोड्दा आर्या देसाईले ३६ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, जयमित पटेल १३, रुद्र पटेल १७, हर्ष देसाई १३, तेजेश पटेल ६, स्मित पटेल ४ र प्रियान्स पटेल १ रनमा आउट भए ।

यता, जाला युवराज सिंह र सरल समान १०–१० रनमा अविजित रहँदा गुजरातले अतिरिक्त रुपमा ४ रन जोड्यो ।

गुजरातमाथि जित निकाल्न नेपालका लागि अबिनाश बोहराले सर्वाधिक ३ विकेट लिँदा दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए ।

त्यस्तै, करण केसी र कुशल मल्लले १–१ विकेट लिँदा अर्को १ विकेट रनआउटमार्फत् नेपालले प्राप्त गर्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै १७६ रन जोड्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ४७ बलमा ५ चौका र ४ छक्का प्रहार र्गै सर्वाधिक ७४ रनको अर्धशतकिय पारी खेल्दा विकेटकिपर आसिफ शेखले ३४ बल खेलदै १ चौका र १ छक्का प्रहार गर्दै ३४ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, कुशल मल्लले १३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३१ रन जोडेर अविजित रहँदा ओपनर कुशल भुर्तेलले २१ बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै १९ रन जोडेर पेविलियन फर्किए ।

यता, दिपेन्द्र सिंह ऐरी ७ रनमा पेविलियन फर्किदा सुन्दिप जोरा ७ रनमा अविजित रहे ।

नेपालले अतिरिक्त रुपमा ४ रन जोड्यो ।

गुजरातका लागि तेजेश पटेल, शेन पटेल, जयमित पटेल र जाला युवराज सिंहले समान १–१ विकेट लिए ।

नेपालले आसन्न टि–२० विश्वकप र एसीसी प्रिमियर कपको तयारीका लागि भारतमा त्रिपक्षिय सिरिज खेलेको हो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.