भक्तपुर । तेस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा रोमाञ्चक ६ विकेटको जितसंगै नेपालले सिरिज २–१ ले जितेको छ ।

शुक्रवार घरेलु टोली नेपालले युएईले दिएको १७७ रनको मध्यम लक्ष्य पुरा गरेको हो । नेपालका लागि आसिफ शेख र ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले ।

क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा नेपालले टस जित्दै युएईलाई व्याटिङको लागि निम्त्याएको थियो । जसमा युएईले ५० ओभर खेल्दै ९ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।

युएईका लागि आयन अफजल खानले अविजित ५४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, हजरत बिलालले २० रनको योगदान दिँदै अविजित रहे । अलिशन शराफुले ३३ रनको योगदान गर्दा रोहन मुस्तफाले २४ तथा मुहमद वासिमले ११ रन बनाए ।

एक समय युएई ९३ रनमा ९ विकेट गुमाइसकेको अवस्था थियो । त्यस्तो अवस्थामा युएईका लागि आयन र हजरतले अन्तिम विकेटका लागि ८३ रनको साझेदारी गरे।

नेपालका लागि गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले २–२ विकेट लिदा सोमपाल कामी र ललित राजवंशीले १–१ विकेट लिए ।

यता १७७ रनको विजयी लक्ष्य पछ्याउने क्रममा ४० औं ओभर खेल्दै ४ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । नेपालको जितमा आरिफ सेखले अविजित ८८ रनको योगदान दिँदा ज्ञानेन्द्र मल्लले पनि महत्वपूर्ण ६४ रनको योगदान गरे ।

नेपाली कप्तान रोहित पौडेलले १० रन बनाउँदा अर्जुन साउदले ९ रन जोडे । यता, दीपेन्द्र सिंह ऐरी भने विना रनमा रन आउट भए । युएईका हजरत बिलाल र आयन अफजल खानले १–१ विकेट लिए ।

यसअघि पहिलो खेलमा नेपाल ४८ रनले पराजित भएको थियो । त्यसपछि दोस्रो खेलमा नेपालले ३ विकेटको महत्वपूर्ण जित हात पार्दै सिरिजलाई १–१ को बराबरीमा ल्याएको थियो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.