
भक्तपुर । नेपालले क्यानडासंग ३ खेलको एकदिवसिय अन्तर्राष्ट्रिय (ओडिआई) सिरिज खेल्ने भएको छ ।
नेपालले यसै सातादेखि काठमाडौंमा क्यानडासंग ३ खेलको ओडिआई सिरिज खेल्ने भएको हो ।
सिरिज फेब्रअरी ८ देखि १२ तारिख अर्थात् माग २५ गतेदेखि २९ गतेसम्म काठमाडौंको क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ ।
सिरिजअनतर्गत् पहिलो खेल २५ गते विहिवार हुनेछ ।
त्यस्तै, दोस्रो २७ गते सनिवार र तेस्रो २९ गते सोमवार खेल्ने तालिका रहेको छ ।
सिरिजका लागि आईतवार नै नेपाल क्रिकेट संघ क्यानले १५ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले सिरिजका लागि रोहित पौडेलको कप्तानीमा आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भिम सार्की, आरिफ शेख, पवन सराफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सुर्य तामाङ, ललित राजबंशी, आकाश चन्द र अनिल शाहलाई समेतेको छ ।
सिरिजका लागि भर्खरै दक्षिण अफ्रिकामा यु–१९ विश्वकप खेलेका कप्तान देव खनाल र आकाश चन्दलाई टोलीमा राखेका छन् ।
त्यस्तै, चोटका कारण विश्वकप खेल्न नपाएका हेमन्त धामीसंगै प्रधानमन्त्री कपमा बागमती प्रदेशबाट खेलेकारिजन ढकाल र सूर्य तामाङलाई पनि टोलीमा मौका दिइएको छ ।
सम्भवत, आकाश, हेमन्त, रिजन र सुर्यले नेपाली सिनियर टोलीबाट यसै सिरिजमा डेब्यु गर्नेछन् । देव खनालले भने यसअघि नै सिरियर टोलीका लागि खेलिसकेका छन् ।