भक्तपुर । दक्षिण अफ्रिकामा जारी आईसीसी यु–१९ क्रिकेट विश्वकपअन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल अफगानिस्तानसंग खेलिरहेको छ ।
प्रतियोगितमा कायमै रहन जित्नै पर्ने खेलमा नेपालले अफगानिस्तानलाई सस्तैमा अलआउट गरेको छ ।
टस हार्दै पहिला ब्याटिङमा उत्रिएको नेपालले अफगानिस्तानलाई ४०.१ ओभरमा १४५ रनमा अलआउट गरेको हो ।
अब नेपालले दोस्रो इनिङ्समा जितका लागि १४६ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङ गर्नेछ ।
इस्ट लन्डनस्थित बफालो पार्क क्रिकेट मैदानमा भएको खेलमा अफगानिस्तानलाई सस्तैमा अलआउट गर्न नेपालका लागि आकाश चन्दले ८ ओभर बलिङ गर्दै ३४ रन दिएर सर्वाधिक ५ विकेट लिए ।
त्यस्तै, दिपेश प्रसाद कँडेलले ८ ओभर बलिङ गर्दा १ मेडन राखेर १७ रन दिँदै २ विकेट लिँदा गुलशन झालृे ८ ओभर बलिङ गर्दै १ मेडन राख्दै ४२ रन खर्चिएर १ विकेट लिए ।
यता, सुवास भण्डारीले ८.१ ओभरमा १ मेडन राख्दै १५ रन दिएर १ विकेट हासिल गर्दा तिलक भण्डारीले पनि ८ ओभर बलिङ गर्नेक्रममा १ मेडनसहित २८ रन खर्चिएर १ विकेट लिए ।
उता, अफगानिस्ताका लागि अल्लाह घजान्फरले २१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ३७ रन जोड्दा कप्तान नासेर अलीले ८३ बल खेल्नेक्रममा ३ चौका प्रहार गर्दै ३१ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, फारिदोन दावदजायीले ६५ बलको समाना गर्दा ४ चौका प्रहार गर्दै २९ रन जोडेर आउट हुँदा हस्सन इसाखिलले ३५ बलमा ४ चौका प्रहार गर्दै २० रन जोडेर पेविलियन फर्कियो ।
सोहिल खान ४ र जमशिद जदरान ३ रनमा आउट हुँदा अफगानिस्तानका ४ ब्याटर शुन्य रनमा पेविलियन फर्किए ।
अफगानिस्तानले अतिरिक्त रुपमा २१ रन जोड्यो ।
नेपालले अफगानिस्तनमाथि जित निकाल्न सके प्रतियोगिताको सुपर ६ यात्रा तय गर्नेछ ।